१६ माघ, इनरुवा। इनरुवा जेसीजको ३४औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । इनरुवा जेसीजको वर्ष २०१७ का अध्यक्ष धिरज भट्टराई  सहितको कार्यसमितिले जेसीज वर्ष २०१८ को अध्यक्ष कुन्दन मेहता सहितको नयाँ कार्यसमितिलाई पदस्थापना गरेको हो। प्रदेश सभा सदस्य राजिब कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न संचारमाध्यममा आवद्ध संचारकर्मीहरुलाई सम्मान गरिएको थियो ।

जेसी डा.बिशाल सुवेदीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा वर्ष २०१७ का अध्यक्ष जेसी धिरज भट्टराईले जेसीज आस्था सहितको चेन वर्ष २०१८ का अध्यक्ष जेसी कुन्दन मेहतालाई हस्तान्तरण गर्दै नयाँ कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष सहितका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । नयाँ गठित इनरुवा जेसीजको अध्यक्षमा कुन्दन मेहता रहेका छन् । कार्यक्रम महासचिव सम्यम कोइरालाले संचालन गरेका थिए । स्वागत मन्तब्य उपाध्यक्ष सुमना खरेलले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया