nepali-congress-office-130x106काठमाडाैं २३ मंसिर ।  कांग्रेसको १३ औं महाधिवेशनको तिथी नजिकिदै गर्दा भावी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु हुन थालेको छ । नेतृत्वको लागि बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल मैदानमा उत्रिइसकेका छन् । देउवा र पौडेल सम्पर्क कार्यालय समेत खोलेर प्रचारमा जुटिसकेका छन् । घोषणा नगरे पनि सुशील कोइरालाले संस्थापन पक्षबाट आफंउम्मेदवार हुने सन्देश दिएका छन् ।

पार्टी कार्यकर्ताको भावना विपरित प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरेकामा आलोचित कोइरालालाई सभापतिमा उम्मेदवारी नदिन संस्थापन पक्षभित्रैबाट दबाब पर्न थालेको छ । यस्तो दबाव दिनेमा उपसभापति पौडेल, एक समय कोइरालाका विश्वासपात्र रहेका महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य महेश आचार्य, नरहरी आचार्यलगायत छन् ।

कोइरालाका भित्री योजनाकार मानिएका महामन्त्री सिटौला प्रधानमन्त्री निर्वाचनपछि उनीसित टाढिएका छन् । बारम्बारको सुझाब विपरित प्रधानमन्त्रीमा उम्मेदवारी दिएका कारण कोइराला र सिटौलाको सम्बन्ध समेत चिसिएको छ । पार्टी नेतृत्व लिएको पाँच बर्षको कार्यकाल सन्तोषजनक नभएको बताउदै पुनस् कोइराला उम्मेदवार बन्न नहुने जिकिर उनीहरुको छ । अाजकाे कान्तिपुर दैनिकले समाचार प्रकासित गरेकाे छ ।

 

तपाईको प्रतिक्रिया