१७ माघ, इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा ११ औं मधेस सहिद दिवस मनाएको छ । राजपाको आयोजनामा मधेस सहिद दिवस मनाएको हो । राजपाले कार्यक्रमको आयोजना गरि मधेस आन्दोलनको क्रममा सहादत प्राप्त गरेकाहरु प्रति श्रधान्जली अर्पण गर्दै सहिद दिवस मनाएको हो । कार्यक्रममा जनता मा बि मधुवनका प्रधानाध्यापक गंगा प्रसाद यादव र राजपाका क्षेत्रीय नेता रामनारायण यादव लगायतकाले बोल्नुभएको थियो ।

यता संघीय समाजसेवी फोरम नेपाल र नेपाल मधेसी निजामति कर्मचारी मञ्चको संयुक्त अयोजनामा माघ १८ गते बिहिबार सहिद दिवस मनाउने तयारी गरेको छ । दिवसको अवसरमा घाइतेहरु र सहिद परिवारहरुलाई सम्मान गर्नुका साथै मधेस आन्दोलनको औचित्य र आवश्यक्ताको बारेमा छलफल र प्रवचन कार्यक्रम समेत गरिने कार्यक्रम संयोजक अभिनन्द कुमार यादवले जानकारी दिनुभयो । यादवका अनुसार कार्यक्रमका लागि फोरमका राष्ट्रिय अध्यक्ष तथा प्रतिनीधिसभा सदस्य उपेन्द्र यादव, लगायतका शिर्ष नेताहरु समेत इनरुवा आउने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया