१८ माघ, सुनसरी। सुनसरीको रामधुनी -२ स्थित पूर्व पश्चिम लोकमार्गमा बुधबार रोकी राखेको ट्रकका मोटरसाइकल ठोक्किदा चालकको ज्यान गएको छ। ज्यान गुमाउँनेमा को ३२ प ८९८ नम्बरको मोटरसाइकल चालक सुनसरी रामधुनी-५ बस्ने नैन बहादुर बन्जरा रहेका छन्।

उनी सवार उक्त मोटरसाइकल बेलुका ७ बजेतिर रोकी राखेको ना ४ ख १२१६ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुर्घटनमा गम्भिर घाइते उनको जिल्ला अस्पताल ईनरुवा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।

तपाईको प्रतिक्रिया