१८ माघ, इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्जमा रहेको दुई वटा पेट्रोल पम्पमा मिसावट भएको इन्धन विक्री वितरण गरिरहेको स्थानीयहरुले बताएका छन । भारतियहरु सस्तोको लोभमा नेपाली पेट्रोल पम्पमा डिजल लिन आएपछि नेपाली पम्प सञ्चालकहरुले मिसावट इन्धन वितरण गर्न थालेको बताइएको छ ।

केही दिन यता देवानगन्ज र भुटाहा क्षेत्रबाट दैनिक हजारौ लिटर इन्धन तस्करी भई भारतिय बजार गईरहेको पाइएको छ । देवानगन्जको गुप्ता आयल सेन्टर र भगत आयल सेन्टरले कालोबजारी सगै मिसावट समेत गरी तेल विक्री गरिरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । भारतिय नम्बर प्लेटको मोटरसाइकलमा दैनिक तस्करहरुले ति दुई पम्पबाट र भुटाहाको नेपाल आयल निगमको सेन्टरले समेत तस्करहरुलाई तेल बेचेको र लगेको स्थानीयहरुको भनाइ रहेको छ । देवानगन्जको भगत आयल सेन्टरले त मिसावटको तेल समेत विक्री गर्ने गरेको स्थानीयलाई उदृत गर्दै हाम्रा सहकर्मीहरुले जनाएका छन । दुवै पम्पले भारतियलाई ठग्नका लागि नेपाली उपभोक्तालाई समेत ठगिरहेको बताइएको छ । यता भुटाहाको पेट्रोलपम्पले समेत तस्करहरुलाई हजारौ लिटर तेल दैनिक रुपमा विक्री गरिरहेको पाइएको छ ।

तपाईको प्रतिक्रिया