माघ १८, काठमाडौ | नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको केही बेर अघि सम्पन्न बैठकले पेट्रोलमा रु एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ । अब वृद्धि भएको पेट्रोलको मूल्य लिटरको एक सय चार रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ८३ रुपैयाँ, हवाई इन्धनको मूल्य ९५ रुपैयाँ पुगेको भएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने मुल्य वृद्धि नगरिएको निगमले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपालमा पनि मुल्य बढाइएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया