मानव अधिकार आयोगले पनि सुरु गर्‍यो छानबिन

काठमाडौँ । दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ घटनामा पीडित युवतीलाई नग्न बनाएर भिडियो खिचिएको खुलासा भएको छ । प्राप्त घटनाको ‘मेडिकल रिपोर्ट’मा पीडित युवतीले आफूलाई नग्न बनाई भिडियोसमेत खिचिएको बयान दिएकी हुन् ।

मेडिकल रिपोर्ट तयार पार्ने क्रममा युवतीले दिएको उक्त बयानलाई बेवास्ता गर्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गले घटनालाई गुपचुपमा मिलाउने प्रयास गरेको हो ।

प्रेमी शैलेश कार्कीले खाजा खान भन्दै बोलाएपछि दिउँसो युवती उनलाई भेटन आएकी थिइन् । कुनै होटलमा म : म र वाइन खाएपछि युवतीलाई निद्रा लागेजस्तो असहज भएको तथ्य रिपोर्टमा उल्लेख छ ।

युवतीका अनुसार त्यसपछि शैलेशले उनलाई करिब साढे नौ बजेतिर ल्यान्डमार्क होटलमा पुर्‍याएका थिए । केहीबेरमा शैलेशका अन्य साथी कोठामा आएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया