१९ माघ, मोरङ। मोरङको दुई स्थानमा गएराती आगलागी भएको छ। राती करिब ९ बजेतिर विराटनगर उपमहानगरपालिका ४ राजवंशी चौकस्थित कालुराम राजवंशीको काठको घुम्ती पसलमा विधुत सर्ट हुँदा अचानक आगलागी भएको हो। आगलागीबाट राजवंशीको किराना पसलका सम्पुर्ण सामानहरु जलेर नष्ट हुँदा अन्दाजी एक लाख बराबरको क्षति भएको छ। आगलागी स्थानीयवासी र सिआरभी पोष्ट बरगाछीका टोलीको सहयोगमा नियन्त्रणमा आएको छ।

यसैगरी जहदा गाउँपालिका ४ राजवंशी टोलस्थित हेमु राजवंशी, नादिर राजवंशीको घर नजिकै रहेको परालको कुन्यु र दाउरा राख्ने घरमा आगलागी हुँदा दुबै जनाको अन्दाजी पचास हजार बराबरको क्षति भएको छ। राती करिब ११ बजेतिर आगलागीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट टोली खटि गई वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रण गरेका छन्। आगलागीको कारणबारे खुल्न नसकेकोले अनुसन्धान कार्य भई रहेको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया