kusti-pratriyogita

२३ मंसिर भैरहवा। अन्तराष्ट्रिय स्तरको विराट कुस्ती प्रतियोगिता रुपन्देहीको छोटकी रामनगर ६ स्थित मझौलि चौराहामा  हुने भएको छ ।सो प्रतियोगिता  मंसिर २७ र २८ गते हुने भएकोछ। कुस्ती प्रतियोगितामा ख्याती प्राप्त कुस्ती पहलमान शंकर थापा, राजेन्द्र यादवलगायत भारतबाटसमेत अन्य पहलमानहरु सो प्रतियोगितामा सहभागि हुन आउने आयोजक बजरंग समितीका संयोजक जय प्रकाशले बताए ।

कुस्ती प्रतियोगिताका विजेताहरुलाई बेस्ट पुरस्कार मोटरसाइकल, प्रथम पुरस्कार ५० हजार १ सय नगद, द्वितीय पुरस्कार एलइडि टिभि, तृतीय पुरस्कार साइकल एवं नगद ५ हजार र सान्त्वना पुरस्कार स्वरुप टिशर्ट प्रदान गरिने आयोजक समितीका उप–संयोजक जगदीश सहानीले बताए ।मधेशमा भोजपुरी विरहा लोक संस्कृति लोप हुँदै गएकोले त्यसलाई संरक्षण गर्न मंसिर २६ गते विरहा कार्यक्रम पनि आयोजना गरिएको समितिका संरक्षक देवेन्द्र पाण्डेले बताए । उनले भारतका ख्याती प्राप्त विरहा गायक वीएम सहानी र स्थानीय स्तरका कलाकारहरुको पनि प्रस्तुति रहने जानकारी दिए ।

कुस्ती प्रतियोगिता र विरहाको कार्यक्रमको दर्शकलाई निशुल्क अवलोकन गर्ने व्यवस्था मिलाइएको र कार्यक्रम स्थलमा मदिरा बेचबिखनमा पुर्ण रुपमा बन्देज गरिने आयोजकले जनाएका छन् ।

तपाईको प्रतिक्रिया