१९ माघ, इनरुवा। सडक बिस्तारसँगै ढल निर्माणको कार्यलाई लिएर इनरुवा नगरपालिकाको कार्यालयमा दैनिकजसो उजुरी पर्न थालेको छ ।सडक मापदण्डको विषयलाई लिएर नगरवासीहरुले नगरपालिकाको कार्यालय सहित सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन् ।

इनरुवा नगरपालिकाको कार्यालयमा आज मात्र बबिया र इनरुवा बजार क्षेत्रका बासिन्दाले मापदण्डमा एकरुपताको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । ७० फिट कायम गरी बाटो खाली गराउँदै संरचना निर्माणको क्रम अघि बढिरहँदा बजार क्षेत्रमा कम मापदण्ड कायम गर्न लागिएको भन्दै उनिहरुले बिकास निर्माणको कार्यलाई समान रुपमा अघि बढाउन माग गरेका हुन् ।

बबिया सहित जल्पापुर बासीले आफ्नो क्षेत्रमा कायम गरिएको मापदण्ड बजार क्षेत्रमा लागु नभए आन्दोलन गर्ने यसअघिनै चेतावनी दिइसकेका छन् । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख राजन मेहताले शहरी क्षेत्रमा तत्कालकालागि संरचना विस्तारको काम रोकि सर्वपक्षिय छलफल पश्चात सहमतिका आधारमा निर्माण कार्यलाई अघि बढाइने बताए ।

तपाईको प्रतिक्रिया