२० माघ, पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका-५ सल्लेरीमा शनिबार  दुर्घटना हूँदा दुई जनाको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन्। ताप्लेजुङबाट फिदिमतर्फ आउदै गरेको मे १ त ३४०६ नम्बरको ट्याक्टर विहान ८:३० बजेतिर ब्रेक फेल भइ सडबाट अन्दाजी १५० मटर तल खसेको थियो ।

दुर्घटनमा ट्याक्टरका चालक ताप्लेजुङ श्रीजंगा गाउपालिका १ बस्ने २५ बर्षिय भुपेन्द्र दर्जी, सोही ठाउँका २० बर्षिय कमल भट्टराईको घटनास्थलमै मृत्यु भएको छ भने सह-चालक २५ बर्षिय समिर शेर्पा घाइते भएका छन्। उनको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरेहको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया