12342533_1707206762858739_27588458552362581_n
मंसिर २३ इनरुवा /
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सुनसरीले आज साँझ सदरमुकाम इनरुवामा मसाल जुलुस प्रर्दशन गरेको छ ।
जिविस रोड स्थित रहेको सद्भावना पार्टीको कार्यालयबाट निस्केको मोर्चाको मसाल जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको थियो ।
पक्राउ परेका आफ्ना कार्यकर्ता अभिनन्द यादवलाई अविलम्ब रिहा गरिनुपर्ने माग गरेका उनिहरुले प्रहरीले झुटो मुद्धामा आफ्ना कार्यकर्ता पक्राउ गरेको प्रति आक्रोस पोखेका थिए ।

 

 

 

मोर्चाले सदरमुकाम केन्द्रित आन्दोलन चर्काउने बताइरहँदा पक्राउ कार्यकर्ता रिहा नगरिए थप ससक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
यादवलाई सुनसरी प्रहरीले दुईसाता अघि मोटरसाइकल जलाएको अभियोगमा पक्राउ गरी आगजनी सम्वन्धि मुद्धा चलाएको छ ।
मोर्चाले भोलिबाट सदरमुकाम इनरुवामा दबाव मुलक आन्दोलन चर्काउने तयारी गरेको छ ।

Grabbed Frame 36

तपाईको प्रतिक्रिया