२० माघ, इनरुवा। सुनसरीको रामधुनी नगरपालिका ७ बक्लौरीमा पानीको हाहाकार मच्चिएको छ । भूमिगत पानी ट्युवेलमा नआउने र खानेपानीको ट्याक्की निर्माणमा ढिलाई भएकाले बक्लौरीमा पानीको हाहाकार मच्चिएको हो । करिव २ हजार परिवारलाई पानीको समस्या भएको स्थानीय प्रजिता चौधरीले जानकारी दिनुभयो । पानी हाहाकारका कारणले अशुद्ध रुपमा कुवाको पानी खान स्थानीयहरु बाध्य रहेको स्थानीय पुजा चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया