२० माघ, इनरुवा। जिल्ला समन्वय समितिको कार्यालय सुनसरीले दिएको पटके कर संकलनको नाममा मनोमानी बढेको पाएको छ । जिल्ला सदरमुकाम इनरुवा सहितका विभिन्न स्थानमा पटके कर संकलनको नाममा मनोमानी बढेको पाएको हो । हालै इनरुवा देवानगञ्ज गाउँपलिकासम्मको बाटोमा पर्ने इनरुवा ९ बबिया क्षेत्रमा नेपाली र भारतीय सवारीसंँग मनोमानी रकम असुली गरेको पीडितहरुले बताएका छन् । पटके करमा स्कार्पियोको नेपाली तर्फ ३५ रुपियाँसम्म लिनुपर्ने र विदेशीको हकमा दोव्बर लिन सक्ने भएपनि बढीमा तीन सय रुपियाँसम्म रकम असुली गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया