२१ माघ, सुनसरी। ईटहरी-१ नमुना बस्ती बस्ने ३२ वर्षीय रत्न तामाङ आईतबार विहान कटुवा पेस्तोल र गोलीसहित खनारबाट पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका १२ खनार चौकमा बिहान १०;३० बजे शंकास्पद तवरले हिड्दै गरेका तामाङलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उनको साथबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद भएको प्रहरी चौकी खनारले जनाएको छ। तामाङको साथबाट केही परिमाणमा लागूऔषध गाँजा र एउटा चिलिम समेत बरामद भएको छ। तामाङलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय ईटहरी पठाईएको छ।

तपाईको प्रतिक्रिया