२१ माघ, इनरुवा। सुनसरीको विभिन्न २४ विद्यालयलाई आइसिटी अर्थात सूचना प्रविधि कार्यक्रम प्रदान गरेको छ । कार्यक्रम अन्तर्गत जिल्ला शिक्षा कार्यालय सुनसरीले धरान, बराहा, भोक्राहा, बर्जू, इनरुवा, इटहरी, हरीनगरा र देवानगन्ज क्षेत्रका २४ विद्यालयलाई आईसिटी प्रदान गरेको हो ।

आइसीटी पाउने विद्यालयहरुमा धरान उपमहानगरपालिकाको भालढंगा मावि विष्णुपादुका, पब्लिक हाईस्कुल, भानुस्मृति मावि, ल्याबोरेटरी मावि, ज्वालमुखी मावि, सहिद स्मृति मावी र सरस्वती मावि, त्यसैगरी बराहा नगरपालिका अन्तर्गत कोशी मावि, महेन्द्र मावि भरौल, महेन्द्र मावि तित्रिगाछी, जगन्नाथ डेडराज जनता मावि र प्रकास मावि प्रकासपुर रहेका छन् ।

त्यसै भोक्राहा गाउपालिकाको आधारभूत विद्यालय श्री निमामवी, बर्जू गाउपालिकाको नेपाल राष्ट्रिय मावी, इनरुवा नगरपालिकाको शारदा मावी, इटहरी उपमहानगरपालिको सरस्वती सतन मावि, शान्ति सृजना निमावी, राष्ट्रिय मावि, कचना महादेव, जनसहयोग मावि रहेका छन् । त्यस्तै हरीनगरा गाउपालिकाको जनता मावी, पशुपति शिक्षा मन्दिर र देवानगन्ज गाउपालिकाको जनता मावि मध्यहर्षाही गरी २४ वटा विद्यालयलाई आइसिटी प्रदान गरेको जिल्ला शिक्षा अधिकारी खगेन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया