२२ माघ, दिपेन्द्र यादव इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा रहेका अधिकांश खुद्रा तथा थोक किराना पसलहरुमा अबैध तरिका बाट आएको किराना र दैनिक उपभोगीय समानहरु बिक्री भईरहेको उपभोक्ताहरुले गुनासो गरेका छन् । तस्करीको समान ल्याएको भएपनि उपभोक्तालाई भने साविककै दरमा विक्री गरेर ठगी गरिरहेको पाइएको छ । एकातिर भन्सार छलीको समान ल्याएको र अर्कोतिर सरकारलाई कर छली गरी उपभोक्तालाई गुण्स्तरहिन समान बिक्री गरिरहेको पाइएको हो ।

बजार अनुगमन नभएको मौकामा चोरी तस्करीकै बाटो बाट करौडोको समान भित्रियाएर बजारको आपूर्ती धानीरहेको समाचार स्रोतले बताएको छ । नेपाल भारत खुल्ला सिमानाका कारण तस्करहरुले प्रहरीको मिलोमतोमा दैनिक लाखौँ रुपैयाँ मुल्य बराबरको खाद्ययन्न सरसमान तस्करी गरी इनरुवाको अधिकांश पसलहरुमा विक्री गर्ने गरेको हो ।

तस्करहरुले भारतीय बजारबाट सस्तो मुल्यमा खाद्ययन्न सामग्री ल्याउँने र नेपाली बजारमा महगों मुल्यमा बिक्री हुने भएकाले इनरुवाका बजारमा आपुर्ती गर्न सहज हुने गरेकाले तस्करहरुले इनरुवाकै अधिकांश किराना पसलहरुमा बिक्री गर्ने गरेका छन् । यता सिमा सुरक्षाका लागी बसेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल तथा जनतालाई सुरक्षा दिन बसेका नेपाल प्रहरी आफनो बर्दीको हैसियत बिर्सेर तस्करहरुलाई तस्करी गर्ने लाईन दिने गरेको रहस्य समाचार स्रोत मार्फत बाहिर आएको छ ।

सिमा क्षेत्रमा खटीएका प्रहरीहरुलाई तस्करहरुले मासिक रुपमा एक हजार देखी १० हजार रुपैँया सम्म तस्करी गरे वापत बुझाउँने गरेको समाचार स्रोतको भनाईरहेको छ । सो तस्करहरुले तस्करी गरी ल्याइएका खाद्ययन्न लगायत अन्य सामग्रीहरु इनरुवा लगायत झुम्का, दुहवी, प्रकाशपुर, लौकही, हरीनगरा, देवाञ्गंज, भण्टावारी लगायतका बजारमा खुल्लेआम बिहान, दिउँसो र बेलुकाको समयमा आपुर्ती गर्ने गरेको बताइएको छ ।

तस्करीको समान तस्करहरुले इनरुवाको होलसेल तथा खुद्रा किराना पसलहरुमा आपुर्ति गरेपनि उपभोक्ताहरुसँग मनपरी मुल्य लिने गरेको इनरुवाका भुपेन्द्र यादवले जानकारी दिए। यता उघोग वाणिज्य संघ इनरुवाले मुल्य सुची लागु गरेपनि इनरुवाका अधिकांश पसलहरु मूल्य सुची समेत नराखी आफुखुसी मूल्य राखेर सरसमान विक्री गरिरहेको बताइएको छ । इनरुवामा पसल पिच्छे चिनी, दाल, सलाई, चामल, मन्यिाहारा समान, लत्ताकपडा, लगायतका एउटै समानमा फरक फरक मूल्य पाइएको छ । बजार अनुगमन नभएपछि व्यापारी र पसलेहरुको आफूखसी र मनोपोली समेत बढेको छ ।

तपाईको प्रतिक्रिया