NTC-Recharge-Card-rs-50२३ मंसिर, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको रिचार्जमा समस्या देखिएको छ । मोबाइल रिचार्ज नभएपछि जीएसएम मोबाइलका सेवाग्राही हैरान भएका छन् ।

टेलिकमले ५० रुपैयाँको रिचार्ज कार्ड बजारमा ल्याएपछि रिचार्जमा समस्या देखिन थालेको हो । सोमबारदेखि भने रिचार्जमा झनै समस्या आएको छ ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले ५० रुपैयाँको रिचार्ज कार्डले समस्या थपिएको बताइन् । ‘सेवाग्राहीले थोरै रकमको रिचार्ज धेरै पटक गरिदिँदा सिष्टममा लोड थपिएपछि यस्तो समस्या आएको छ’ उनले भनिन् ‘हामी सिष्टम अपग्रेडेसनको काम गर्दैछौं, सेवाग्राहीले सकेसम्म धेरै रकमको रिचार्ज गरिदिएमा अहिलेको समस्या कम हुन्छ ।’

मोबाइल रिचार्ज नभएपछि धेरै सेवाग्राहीले सामाजिक सञ्जालमा टेलिकमप्रति गुनासो पोखिरहेका छन् । कतिपय सेवाग्राहीले एनसेलले जितिसक्दा समेत टेलिकमका कर्मचारीको होस नआएको आरोप लगाएका छन् ।

Problem-of-NTC
सामाजिक सञ्जालबाट लिइएको मोबाइल प्रयोगकर्ताको गुनासो

 

तपाईको प्रतिक्रिया