२३ माघ, धरान । निराजन खड्काको ह्याट्रिकको सहायताले रुस्लान थ्रि स्टार धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । धरान १६ रंगशालामा भएको अन्तिम क्वार्टर फाइनलमा सुदुरपश्चिम ११ लाई ० का विरुद्ध ४ गोल गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो । थ्रि स्टारका लागि स्टाइकर निराजन खड्काले ३ गोल गरेका थिए भने सुनिल बलले १ गोल गरेका थिए । निराजनले खेलको ७ मिनेट र ५४ खेलको इन्जुरी समयमा गोल गरेका थिए भने भने सुनिलले ३७औं मिनेटमा गोल गरेका थिए । निराजनले पहिलो गोल सुनिल बलले दिएको क्रस पासको सदुपयोग गर्दै गाल गरेका थिए भने दोस्रो गोल रञ्जित धिमालको पासमा गरेका थिए ।
त्यस्तै तेस्रो गोल भने विपक्षीले डिएरियाभित्र हेन्डबल गरेपनि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेका थिए । यसैगरी सुनिल वलले भने निराजन खड्काको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।


जितसंगै थ्रि स्टारले पहिलो सेमी फाइनल खेल विहीबार दुर्गापुर स्टिल भारतसँग खेल्ने छ । इटहरीमा सम्पन्न मदन भण्डारी गोल्डकप विजेता समेत रहेको थ्रि स्टारका खेलाडीका अगाडि अत्यन्तै निरीह सावित रहेको सुदुरपश्चिमाञ्चल टिमले गोल गर्न भरमग्दुर प्रयास गरे पनि बलियो मानिएको थ्रि स्टारका लागि सान्तव्ना गोल समेत गर्न सकेन । आजको खेलको म्यान अफ द म्याच थ्रि स्टारका स्टाइकर निराजन खड्का घोषित भए । उनले नगद १० हजार सहित प्रमाणपत्र हात पारे । बुधबारको पहिलो पहिलो सेमी फाइनल खेल भने आहा रारा गोल्डकप विजेता नेपाल पुलिस र संकटकबीच हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया