२३ माघ, मिकाइल आलम इनरुवा। इटहरीमा भएको बलात्कारको घटनालाई प्रहरी कार्यालय भित्रै गुपचुप मिलापत्र गराउने घटनामा संगलग्न भनिएका सुनसरीका एसपी विद्यानन्द माझीलाई निलम्बनको तयारी गरिएको बताइएको छ ।
सुनसरीको एसपी माझी निलम्बन गरिएको बारे बुझ्न् खोज्दा सुनसरी प्रहरी प्रवक्ता डिएसपी नारायणप्रसाद चिमौरियाले सो बारेमा आफूलाई थाहा नभएको र उनलाई हेडक्वाटर झिकाउने तयारी भएको बताए। गएको पुस १६ गते ईटहरी २ हलगढास्थित रोयल रिसोर्टमा ईटहरी २० की १० कक्षामा पढने १४ वर्षीय छात्रालाई छात्राको प्रेमी जोकम लिम्बु र मनिष श्रेष्ठले बलात्कार गरेका थिए ।

 

तपाईको प्रतिक्रिया