२४ माघ, सुनसरी। जिल्लाको कान्छो बराह नगरपालिकाको महेन्द्रनगर चक्रघट्टीका स्थानीयवासीले लामो समयपछि अव स्वच्छ पिउने पानी प्राप्त गर्न थालेका छन । एशियाली विकास बैङ्कको ७० प्रतिसत तथा नगर विकास कोषको २५ प्रतिसत र स्थानीय उपभोक्ताको ५ प्रतिसत लगानीमा उक्त खानेपानी योजना निर्माण सम्पन्न भएको हो ।

बाईस करोड रुपियाँको लागतमा बरह नगरपालिका वडा नम्वर ६, ७ र ८ महेन्द्रनगरका स्थानीयवासीकालागि आवश्यक स्वच्छ पानी आपुर्ति गर्ने उद्देश्यले निर्माण गरिएको उक्त खानेपानी योजनाले ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टङ्की पनि निर्माण पुरा गरेको उपभोक्ता समितिका अध्यक्ष भवानी धिमालले जानकारी दिनुभयो ।

बराह नगरको महेन्द्रनगरको तीनवटा वडाका स्थानीय ४ हजार ५२ परिवार उपभोक्तालाई स्वच्छ खानेपानी आपुर्तिका लागि ८५ किलोमिटर लामो पाईप लाईन विस्तार गर्ने कार्य पनि पुरा भएको अध्यक्ष धिमालले जानकारी दिनुभयो । ती वडाका स्थानीयवासीलाई स्वच्छ पानी आपुर्तिका लागि २२ सय परिवारले धारा जडान गरि सकिएको र बाँकी अरु परिवारको घरमा धारा जडानका लागि वडा र टोलमा स्थानीयवासीसँग बहस र छलफल भई रहेको पनि अध्यक्ष धिमालले जानकारी दिनुहुँदै उहाँले उपभोक्ताको आवश्यकता मुताविक खानेपानी आपुर्तिका लागि समितिले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया