२५  माघ, इनरुवा। नेपाल मानव अधिकार संगठन सुनसरीले इटहरी बलात्कार घटनाको निष्पक्ष छानविनको माग गरेको छ। संगठन सुनसरीका संयोजक विरेन्द्र साहले विज्ञप्ती जारी गर्दै घटनाको निष्पक्ष छानविनको माग गरेका हुन् ।

घटनामा संलग्न भएकाहरु जोगाउन चलखेल भैरहेको भन्ने संचारमाध्यमहरुमा समाचार आइरहेको हुँदा बलात्कार जस्तो जघन्य अपराधमा संलग्न उपर कडा कार्वाही हुनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बलात्कारको घटना मिलापत्रमा मिलाएको आरोपमा सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझी र प्रहरी निरिक्षक चिरञ्जिबी दाहाल निलम्बनमा परेका छन् । गत पुष १६ गते इटहरीमा १४ वर्षिया बालिका बलात्कार घटना आर्थिक प्रलोभनमा मुद्धा दर्ता नै नगरी मिलापत्र गरिएको विषयमा एसपी सँगै घटनामा संलग्न भनिएकाहरु मुछिएका थिए ।

तपाईको प्रतिक्रिया