२६ माघ, इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ९ मा भएको आगलागीमा ३ घर जलेर नष्ट भएका छन् । आगलागीमा परी स्थानीय इद्रिस मन्सुरी, रुक्सेना खातुनका ३ वटा घर र गोठ जलेका हुन् । आगलागीका कारण खुल्न नसकेपनि आगोमा जलेर खाद्यान्न सहित लत्ताकपडा र गरगहना जलेर पूर्ण रुपमा नष्ट भएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया