२७ माघ, इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा महिला प्रजनन तथा पाठेघर सम्वन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ। नारी साझा मंच इनरुवाले जनक स्मृति माबिमा आयोजित शिविरको उद्घाटन इनरुवा नगरपालिकाका प्रमुख र उपप्रमुख जमुना गौतम पोखरेलले संयुक्त रुपमा गर्नु भएको थियो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सहयोगमा महिला स्वास्थ्य शिविर संचालनमा ल्याइएको थियो । शिविरमा पहिलाहरुको निशुल्क स्वाथ्य जाँचका साथै चिकित्सकिय परामर्श सेवा प्रदान गरिएको आयोजक संस्थाकी सचिव सरिता घिमिरेले जानकारी दिइन् । शिविरमा ४ सय बढी महिलाले स्वास्थ्य जाँच तथा परामर्श सेवा लिएको संस्थाकी कोषाध्यक्ष शुधा तिम्सिनाले बताइन् ।

कार्यक्रममा इनरुवा ३ का वडाध्यक्ष कालुराम गुरुङ सहित स्थानीय समाजसेवी तथा अगुवाहरुले संस्थाले समाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा संस्थाकी अध्यक्ष शकुन्तला भण्डारी, वडाध्यक्ष गुरुङ, सहसचिव सविना सिग्देल रेग्मी लगायतकाले बोलेका थिए ।

तपाईको प्रतिक्रिया