२७ माघ, इनरुवा। शान्तिदीप नेपाल इनरुवाद्धारा संचालित ३ महिने निःशुल्क कमप्युटर तालिम शनिबार सम्पन्न भएको छ । दलित, गरिब र विपन्न समूदायका एकल तथा असहाय महिलाहरुकालागि संचालनमा ल्याइएको तालिमको शनिबार समापन गरिएको हो ।

इनरुवा नगरपालिका वडा नम्वर ३ को सहयोगमा संचालित तालिमका सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष कालुराम गुरुङ तथा संस्थाका अध्यक्ष सुभाष राईले प्रमाणपत्र बितरण गरेका थिए । तालिममा सहभागिता जनाएकाहरुले सिकाई उपलब्धी मूलक भएकाले व्यवहारमा प्रयोगमा ल्याई आत्मनिर्भर बन्न तर्फ लाग्ने बताए । कार्यक्रममा ३ नम्वर वडा कार्यालय सदस्य कृष्ण पोखरेल, सरोज बराल, कालिका तिम्सिना र कबत्री सदा लगायतकाले बोलेका थिए । तालिमका १० जना महिलाहरुको सहभागिता रहेको संस्थाका सहसचिव राजन भुजेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया