bp-rajmarga

काठमाडौं  २४ मंसिर, / सरकारले बीपी राजमार्गमा अनधिकृत रुपमा सञ्चालन भइरहेको ठूला बस रोक्ने भएको छ । यो राजमार्गमा १६ सिटभन्दा बढीका सवारी गुड्न पाउने छैनन् ।

जापान सरकारको सहयोगमा निर्मित बनेपा-खुर्कोट-बर्दिबास सडकमा यातायात व्यवस्था विभागले एक सय ३० वटा १६ सिटे माइक्रो र दुई सय जिपलाई मात्रै सञ्चालन अनुमति दिएको  छ ।

जापानले औपचारिक रुपमा नेपाल सरकारलाई सडक हस्तान्तरण गरेको एक वर्षपछि यो सडकमा रुट पर्मिट दिइएको हो । यो व्यवस्थासँगै तराई तथा मध्यपहाडी क्षेत्रबाट काठमाडौं आवतजावत गर्ने बस प्रभावित हुनेछन् । यो रुटमा अरनिको यातायात, हिमाल यातायातले ठूला बस चलाउँदै आएका छन् । यी बसले रुट पर्मिट नलिई पटकृे अनुमतिका आधारमा सेवा दिँदै आए पनि अब गुड्न पाउने छैनन् । अाजकाे कारोबार दैनिक मा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया