२९ माघ, सुनसरी।ईटहरी उप-महानगरपालिका २ स्थित एक घरबाट सोमबार दिउँसो बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ।बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले ईटहरी उप-महानगरपालिका २ बस्ने गणेश वहादुर गुरुङको घरको कोठाबाट बाघको छाला र नगद साढे ३ लाख सहित ईटहरी २ बस्ने ३५ बर्षिय श्याम बहादुर गुरुङ र ईटहरी ६ बस्ने ३३ बर्षिय बिनोद देवानलाई पक्राउ गरेको हो।

दिउँसोको समयमा उक्त घरमा खानतलासी गर्ने क्रममा चोरी पैठारी गरी खरिद विक्रि-वितरणको लागी लुकाई राखेको अवस्थामा छाला र नगद फेला पारी बरामद गरेको उक्त कार्यालयले जनाएको छ। पक्राउ परेका उनीहरुउपर थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया