वीरगंज, २३ आश्विन । वीरगंजको नेवार समुदायले जारी मधेश आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । वीरगंजका नेवारहरुले शनिबार शान्तिपूर्ण जुलुस निकाली मधेश आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएका छन् ।
जुलुसका सहभागीहरुले मधेशीको माग पुरा गर, जय मधेश जय नेपाल लेखेका प्लेकार्डहरु बोकेका थिए । उनीहरुले मधेश आन्दोलनमा ऐक्यबद्धता जनाउने प्रतिबद्धता जनाएका छन् ।
साभार : हुलाकि न्युज