manaw sangloमंसिर २४, पर्सा । मधेश आन्दोलनको समर्थन गर्दै चाडोभन्दा चाडो समस्या समाधान गरि पठनपाठन गर्न वातावरण निर्माण गरिदिनका लागि बुधबार बाराको गाविसमा मानव साङ्लो प्रदर्शन गरिएको छ । विद्यार्थी, शिक्षक, अभिभावक, राजनीतिक दल र स्थानीयवासीहरुको सहभागितामा भारतको दक्षिण सिमाना गाविस पिरपाति पचरैताको मितेरी पुलदेखि उत्तरको कोतवालिसम्म ९ किलोमिटरको दूरीमा लगभग १० हजार व्यक्तिहरुको सहभागितामा मानव साङ्लो पदर्शन गरिएको थियो ।
मानव साङ्लो बनाई सरकार र आन्दोलनरत दुवै पक्षसँग सहज परिस्थिति निर्माण गर्न माग गरेका हुन् । तराईमा विगत चार महिनादेखी जारी मधेश आन्दोलन दुई महिनाभन्दा लामो नाकाबन्दीका कारण विद्यार्थीहरुलाई अध्ययन र शिक्षकलाई अध्यापनमा समस्या हुनुको साथै बन्द हडतालको कारण अभिभावक समेत मारमा परेकाले सबैे समस्यालाई समाधान गर्न दबाब दिँदै मानव साङ्लो प्रदर्शन गरेको आयोजक नेपाल राष्ट्रिय श्रोत केन्द्रका प्राचार्य रामानन्द गुप्ताले बताएका छन् ।
७ वटा गाविसका २२ वटा सरकारी विद्यालय, ११ वटा निजि विद्यालयका विद्यार्थीहरुले मानव साङ्लो प्रदर्शन गरेका थिए । मानव साङलोमा शिक्षकहरु मनोज सिंह, सरोज अन्सारी, जोखु यादव, उमेश साह र तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जितेन्द्र सिह, जिल्ला सदस्य विनय सिंह र गाविस पिपरपाती पकडिया, विषनपुरवा, श्रीनगर बैरिया, बेनौलि, लक्ष्मीपुर कोतवाली, बेलदारी लगायत गाविसका स्थानीय वासिन्दाहरुको उपस्थिति रहेको थियो ।मधेसवाणिबाट

 

तपाईको प्रतिक्रिया