२ फागुन, उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित बगाहामा करेण्ट लागेर बुधबार एक वालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका बस्ने चुँडामणी चौधरीको १५ बर्षिय छोरा दुर्गानन्द चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।दिउँसो करिब पौने १ बजेको समयमा कुखुरा फर्ममा खेल्ने क्रममा बालकलाई बिजुलीको तारमा छुँदा अचानक करेण्ट लागेर घाईते भएका थिए।गम्भीर घाईते बालकलाई उपचारकालागी जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया