raj kumar paswan
राजकुमार पासवान


मंसिर २४, कञ्चनपुर,सप्तरी।स्वतन्त्र तराई अनुभुतीको तिव्रताले मधेशी जनता,मधेशी योद्धाहरु संवेदनशीलतालाई विशेष रुपले मधेश आन्दोलन भाग ३ बाट शुरु गरेको छ । आज १ सय १५ दिन  वित्न लाग्दा तराई मधेश बन्द छ । तराई मधेशमा नयाँ युगको शुत्रपात मधेश मुक्ति आन्दोलन लामो समय सम्म भए पनि शान्तिपुर्ण आन्दोलन जारी राख्दैं राजनैतिक विश्लषक,नागरिक समाज लगायत राष्ट्रिय अन्र्तराष्ट्रिय शक्ति केन्द्रहरुको ध्यान अहिले तराई मधेश आन्दोलन तथा  मधेश मुक्ति केन्द्रित भएको छ । नेपाल अधिनस्थ स्वतन्त्र तराई भु भागको उर्वरा माटो महान् मधेशी शहिदहरुको रगतले भिजेको छ । राज्यसत्ता यातना गृह युद्धको मैदान सावित भईरहेको छ । कठिन चुनौती र जटिलता झेल्दैं राज्य माथि अधिकार प्राप्त तिर उन्मुख भै रहेको छ ।२०७२ साउन ३१ ग्ते देखि मधेश आन्दोलन मधेश स्वात्तय प्रदेश नभए अलि लचकत्ता भएर पनि मधेश दुई प्रदेश,आत्मनिर्णयको अधिकार,नागरिकता सवाल, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण तथा समावेशी समानुपातिक दलित ,जनजाती आदिवासी,मुश्लिम,पिछडा वर्ग,अल्पसंख्यक तथा सिमाकृत समुदायहरु लाई अधिकार प्राप्त गर्न ३ महिना लागिरहदाँ सम्म सरकारले केहि नसुनेको छ ।

कस्तो कमजोर सरकार यात बार्ता द्धारा समस्या समाधान चाडै गर्नु पर्छ । मधेश आन्दोलन तराई मधेश २० जिल्लामा लगातार १०४ दिन सम्म सरकारको मातहतमा रहेको मालपोत,नापी,भुमिसुधार,जिल्ला विकास समिति,नगरपालिका,जिल्ला प्रशासन कार्यालय,ईलाका प्रशासन कार्यालय,बैंक ,वित्तिय संघ संस्थाहरुलाई कब्जा गरेर कुनै पनि काम सञ्चालन गर्न सकेका छैनन् । यो नेपाल सरकार माथि २० जिल्ला कब्जा गरेको हाईन् र । जारी मधेश आन्दोलनमा राती चोरी सिकारी गरेर बस,मालबाहक ट्रक तथा ईधनका समानहरु लगिदैं यो मधेश २० जिल्ला कब्जा नभए त के भने मधेशी जनता आपनो अधिकारको लाग् यी जिल्लाहरु कब्जा गरेका छन ।

Madhesh Aandolan Bhag - 3 photo

यदी सरकारमा ताकत छ भने सरकारी कार्यालयहरु की सञ्चालन गर्न सकिराखेको छैन त । मधेश समस्या तथा आफ्ना अधिकार र नेपाल सरकारले भ्रम गरेको कुरालाई चिर्न र आपना कुरा राख्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नेताहरु महन्थ ठाकुर,उपेन्द्र यादव,राजेन्द्र महतो र महेन्द्र राय यादव लगायत नेताहरु चार दिनका लागी दिल्ली गएका नेताहरु बुधवार राती फर्केका छन । अब नेपाल सरकार र मधेशी मोर्चा बिच आज २४ गते विहिजार साझ अन्तिम बार्ता गर्न जरुरी देख्निछ र गर्नु पनि पर्छ । अब पनि बार्ता नाममा नाटक गर्ने अब संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा,मधेशी लोकतान्त्रिक मोर्चा,मधेशी दल, लगायत संसदमा प्रतिधित्व गरिरहेको मधेशी सांसदहरु राजिनामा दिएर अब मधेशलाई जनमत सग्रहको माग गर्नु पर्छ । समान्तर मधेश सरकार गठन गरि मधेशमा रहेको सबै सरकारी कार्यालयहरु मधेश सरकार मार्फत सञ्चालन र मधेशबाट उठेका राजश्व मधेश निमार्ण लगाउन जरुरी छ र अन्र्तराष्ट्रिय समर्थन जुटाउनु जरुरी छ ।

२३८ वर्ष देखिको औपनिवेशिक शोषणले प्रतिगामी नयाँ राजाहरुको एकल निरन्तर राज्य सत्ताले मधेश र मधेशी तथा तराईको मुल निवासीहरुको सामाजिक,आर्थिक,राजनैतिक,सांस्कृतिक,वर्गीय तथा जातीय समीयालाई सधैं गलत ढंगबाट व्याख्या र विश्लेषण गर्दै आपनो स्वार्थ सिद्ध गर्दै आईरहेको छ । तराई मधेशबाट मधेशी जनताहरुले राज्य सत्तालाई ८० प्रतिशत आवश्यकता पुर्ति गर्ने तराई मधेशबाट भईरहेको छ । १ करोढ ४० लाख मधेशीहरुलाई एकल प्रतिगामी राज्यसत्ताबाट मधेशी तथा तराईको मुल निवासीहरु सधैं अपहेलित,अपमानित र दोश्रो दर्जाको नागरिक हेर्ने गरेको र औपनिवेशिक शासन र शोषण गरिहेको छ ।

तपाईको प्रतिक्रिया