- दिलिप कुमार साह


४ फागुन, राजविराज। समुदाय स्तरमा आयोजित तीन दिने घुम्ती कार्यक्रम सप्तरीको गाउँपालिका बेल्ही चपेना–५ मलेकपुरमा शुक्रबार देखि शुरु भएको छ । राष्ट्रिय प्राथामिक कक्षा पढाई कार्यक्रम सप्तरी जिल्लाभरी संचालन भईरहेको छ । उक्त कार्यक्रमले पढाईबाट बञ्चित रहेको विद्यार्थीहरुलाई विद्यालय सम्म पहुच पु¥याउने उद्देश्यले संचालन गरिएको हो ।

यूएसएड र आरटीआईको अनुदान तथा नेपाल सरकारको सहयोग र सेभ द सप्तरीको आयोजनामा संचालन गरिएको अर्ली ग्रेड रिडिङ्ग (इजीआरपी) कार्यक्रममा राप्रावि मलेकपुरका प्र.अ चिरंजीव साह, शिक्षक हरिलाल साह, दानालाल साह, गौरी प्रसाद शर्मा र हरिनन्दन यादव, बालविकास सहजकर्ता आरती कुमारी ठाकुर र विणा देवी साहले सहजकीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा गाउँपालिका वेल्ही चपेना–५ मलेकपुरका वडा अध्यक्ष लक्ष्मी नारायण ठाकुर, वडा सदस्यहरु बचकुन मण्डल, राजेन्द्र प्रसाद साह, स्थानीय कुलदेव मण्डल, उमेश ठाकुर, हरेकृष्ण साह लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया