५ फागुन, झापा। झापाको विर्तामोड नगरपालिका ५ स्थित बिएण्डसी अस्पतालमा रहेको एक होटलमा शनिबार आगलागी भएको छ।अस्पताल हाताभित्र रहेको चित्र देवानले संचालन गरेको होटलमा बिहान सवा ११ बजेतिर ग्याँस लिक हुँदा आगलागी भएको हो। आगलागीबाट उनको होटलभित्र रहेको फर्निचरहरु तथा खानेकुरा समेत जल्दा अन्दाजी तीन लाख बराबरको क्षति भएको छ। आगो निभाउनेक्रममा होटल धनि देवान सामान्य घाइते भएका छन। आगलागी दमक, बिर्तामोड नगरपालीकाको दमकल र स्थानियबासीको सहयोगमा  पूर्ण रुपमा नियन्त्रण गरिएको छ।

तपाईको प्रतिक्रिया