सदरमुकाम मलंगास्थित डिभिजन सहकारी कार्यालयका कर्मचारी बेकामे बनेपछि हाई काडेर दिन बिताउन बाध्य छन् । सहकारी विभागले अर्को व्यवस्था नभएसम्म गर्दै आएका काम कारबाही नगर्नु भन्ने परिपत्र गरेकाले डिभिजन सहकारी कार्यालयका कर्मचारी कामविहिन बनेका हुन् । विभागले यसअघि हुँदै आएका कुनै काम नगर्नु नगराउनु भनेको छ, सोमबार कार्यालयमा त्यतिकै बसिरहेका नायबसुब्बा धनराज गिरीले भने, १० बजे आयो ५ बजायो अनि घर फर्कियो ।कामविहीन हुँदा कार्यालयमा कार्यरत कर्मचारीमा निकै अल्छीपना बढुदै गएको उनले गुनासो गरे । आजको नागरिकमा  खबर छ ।

तपाईको प्रतिक्रिया