काठमाडौं / मधेसकेन्द्रित राजपा, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ग्रिन सिग्नल देखाएका छन् । संविधान संशोसध र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा साभागी हुने विषयमा छलफल गर्न सकारात्कम देखिएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुनुअघि राजपा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग छुट्टछुट्टै भेट गरी आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।स्रोतका अनुसार ओलीले ठाकुरसँग काठमाडौंको एक होटलमा र यादवसँग आफ्नै निजी निवास बालकोटमा कुराकानी गरेका थिए ।

समाचारमा लेखिएको छ, वार्तामा ओलीले आफू संविधान संशोधन विरोधी नभएको भन्दै मधेसलाई समेटेर अघि बढ्ने बताएका थिए ।नेता नेताबीच बीच सरकार गठन हुनअघि अर्को चरणमा कुराकानी गर्ने सहमति भएको थियो ।  तर, माओवादी केन्द्रसँगको एकता प्रक्रियामा ओली व्यस्त भएकाले अर्को चरणको कुराकानी नभएको स्रोतको भनाइ छ ।आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया