फाइल फोटो
फाइल फोटो

२४ मंसिर,काठमाडौँ ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लगातार संसद अवरुद्ध गर्दै आएको भएता पनि पुनर्निर्माण प्राधिकरण गठन सम्वन्धि विधेयक पारित गर्न भने सरकारलाई सहयोग गर्ने भएको छ ।मधेसी मोर्चाका शीर्ष नेताहरु दिल्ली भ्रमणबाट फर्किएपछि संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बैठक बसेको थियो ।

बैठकले पुनर्निर्माण प्राधिकरण गठन सम्वन्धि विधेयक पास गर्न सहयोग गर्ने निर्णय गरेको छ । फोरम नेपालका सांसद शिवजी यादवले भने-‘यो विधेयक आवश्यक छ । यो आयो भने पास हुन दिन्छौं ।’ मधेसी मोर्चाका नेताहरुले सभामुख वनसरी घर्ती मगरलाई भेटेर प्राधिकरण गठन सम्वन्धि विधेयक पारित गर्न दिने बताएका छन् ।

मधेसी मोर्चाले आफूसँग सहमति नभएसम्म संविधान संशोधन विधेयक भने पास हुन नदिने बताएको छ ।प्रमुख तीन दलले कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउने तयारी गरेका छन् । तर, मधेसी मोर्चाले भने उसलाई अपर्याप्त भनेको छ र आफूसँग सहमति गरेर नयाँ विधेयक लैजानु पर्ने बताएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया