हुम्ला/मुगु, १० फागुन । नेपाल टेलिकमका देशभर जिएसएमका १ करोड ६५ लाख र सिडिएमएका १६ लाख तथा एनसेलका १ करोड ३० लाख प्रयोगकर्ता छन् । तर, ३ लाख ८८ हजार जनसंख्या रहेको कर्णालीमा भने फोन गर्न दुई दिनसम्म हिँड्नुपर्ने बाध्यता छ ।

हुम्लाका १९ गाउँ टेलिफोन सेवाबाट बञ्चित छन् भने उपल्लो डोल्पाका तीन गाउँपालिकाको धो गाउँमा एउटा फोन छ, जहाँ अन्य गाउँका बासिन्दा दुई दिन हिँडेर टेलिफोन गर्न आउँछन् । धो गाउँका बासिन्दाले पनि आफ्नै लगानीमा फोन जोडेका हुन् । मुगुका बासिन्दाले आफन्तसँग एक कल फोन गर्न दुई दिनसम्म हिँड्नु पर्छ ।

यहाँका ६० प्रतिशत परिवार अहिले पनि टेलिफोन सेवाको पहुँचबाहिर छन् । ११ वडा रहेको सोरु गाउँपालिकामा नेपाल टेलिकमको एउटा मात्रै टावर छ । त्यसले सीमित ठाउँसम्म मात्र काम गर्ने भएकाले स्थानीय बासिन्दा एक दिनसम्म हिँडेर फोनस्थल पुग्छन् ।यहाँका दर्जनौं गाउँमा टेलिफोन सुविधा छैन । टेलिफोन सेवा भएका दुईवटा वडामा पनि घरभित्र बसेर सम्पर्क हुँदैन ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया