एमाओवादी र राप्रपा नेपालले सघाएसँगै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ । हाल ५९८ सांसद रहेको व्यवस्थापिका संसदमा ओलीको पक्षमा ३१५ मसांसद देखिएका छन् । शनिबार एमाओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव र राप्रपा नेपालका अध्यक्ष कमल थापाको समर्थनमा उम्मेद्वारी दर्ता गराइसकेका उनलाई राप्रपा, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, बहुजनशक्ति पार्टी र नेपाली जनता दलले समर्थन गर्ने भएका छन् । हाल सदनमा एमालेको १८३, एमाओवादीको ८३, राप्रपा नेपालको २५ सांसद रहेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको १२,नेकपा(माले) ५, राष्ट्रिय जनमोर्चाको ३, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका दुई बहुजनशक्ति पार्टी एक, नेपाली जनता दल एक सांसद रहेका छन् । यसरी हेर्दा अध्यक्ष ओलीको पक्षमा ३१५ सांसद् देखिएका हुन् । प्रधानमन्त्री बन्नका लागि २९९ सांसदको जरुरत पर्छ । यसैबीच अध्यक्ष ओलीले प्रधानमन्त्री पदको उम्मेदवारी दर्ता गराउदा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, विद्यादेवी भण्डारी, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्कमल दाहाललगायतका नेताहरु, नेकपा(माले)का महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका अध्यक्ष शिवलाल थापा, बहुजनशक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान लगायतका नेताहरुको उपस्थिती रहेको थियो । ओलीको प्रतिश्पर्धीको रुपमा नेपाली कांग्रेसले सुशील कोइरालालाई उम्मेदवारको रुपमा खडा गरेको छ ।

साभार : रातोपाटी

तपाईको प्रतिक्रिया