१० फागुन, इनरुवा। लैङ्गिक हिंसा विरुद्ध हाम्रो ऐक्यवद्धा भन्ने नाराका साथ हामो सहयात्रा मञ्च इनरुवाले आजबाट कार्य थालेको छ । इनरुवामा परिचयात्मक कार्यक्रमको आयोजना गरी संस्थाले लोगो सार्वजनिक गरेको छ । इनरुवा नगरपालिका प्रमुख राजन मेहताले संस्थाको ब्यानर उद्घाटन गर्नु भएको थियो ।

उपप्रमुख जमुना गौतम सहित पाज्ञ जिवनाथ पोखरेल, यूएनएफपिए सुनसरी संयोजक काशीनाथ पोखरेल लगायतको उपस्थिती रहेको कार्यक्रममा आयोजकले संस्थागत उद्येश्यका बारेमा जानकारी गराएको थियो । संस्थाकी अध्यक्ष बिनिता दाहालले स्थानीय अगुवा महिला समूह एकजुट भै सामाजिक उत्तरदायित्व पुरा गर्ने निर्दिष्ट उद्येश्यसाथ लैङ्गिक हिंसा विरुद्धको अभियानमा उत्रिएको बताउनु भयो ।

संस्था औपचारिक रुपमा उद्घाटन भएकाले स्थानीय तहसँगको समन्वयमा लक्षित वर्ग केन्द्रित कार्यक्रमलाई प्राथमिकताकासाथ अघि बढाइने अध्यक्ष दाहालले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मेहता र उपप्रमुखले संस्थाको प्रगतिको शुभकामना दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया