इनरुवा। सुनसरी प्रहरीले ५ लाख मूल्य बराबरको बाख्रा नियन्त्रणमा लिएको छ । भारत बाट नेपाल लुकाइ छिपाई ल्याउँदै गरिएको ३८ थान बाख्रा र एक सवारी साधन सुनसरी प्रहरीले कोशी गाउँपालिका २ बाट नियन्त्रणमा लिएको हो ।

सनुसरी प्रहरीले चोरी पैठारी गरि नेपाल तर्फ ल्याउँदै गरिएको बाख्रा नियन्त्रणमा लिई सेतु बन्ध भन्सार कार्यालय कोशी ब्यारेज बुझाएको जनाएको छ । प्रहरीले बाख्रा ओसार्न प्रयोग गरिएको स १ च ९३१ नम्वरको बलेरो पिकअप भ्यान समेत भन्सार बुझाएको जनाएको छ । बाख्रा र पिकअप नियन्त्रणमा लिएपनि सम्वन्धित धनी भने फेला नपरेको प्रहरीले जनाएको छ ।

नेपाल भारत सीमा नाकाबाट पशु क्वारेन्टाइनमा स्वास्थ्य परिक्षण नगराई चरिचरण गराउँदै सिधै नेपालका हाटबजारमा भारत तर्फबाट खसी बाख्रा ल्याउने गरिएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया