jojbani-kakadvitta-naka

मंसिर २४, विराटनगर ।विराटनगरको जोगबनी नाका र झापाको काकडभिट्टा नाकाको अवरोध घटेर पहिलाकै अवस्थामा आएको हो । पुर्वी नाकामा पनि अवरोध खुकुलो हुँदै गएको छ । विहीबार ६० वटा इन्धनका ट्याङ्कर र १४ वटा ग्यास बुलेट भित्रिएको छ । बिहिबार मात्रै १४ बुलेट ग्यास, ९ ट्याङकर पेट्रोल र ३० ट्याङकर डिजेल आएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । यसैगरी एकसय ७० औद्योगिक कच्चा पदार्थ, उपभोग्य वस्तु, खाद्यान्न लगायत वस्तु बोकेका ट्रक तथा कन्टेनर आएका छन् ।पूर्वबाट जति खाली ट्यांकर इन्धन भर्न त्यहाँ जान्छन् सबैलाई भारतले इन्धन भरिदिने गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया