मोरङको बेलबारी नगरपालिका १० लक्ष्मीमार्गबाट प्रहरीले मोटरसाइकलमा सवार दुई युवकको साथबाट चार थान लागुऔषध टिडिजेसिक बरामद गरेको छ। इलाका प्रहरी कार्याल बेलबारीबाट खटिएको चेकिङ टोलीले राती ९ बजेतिर को ११ प २५४९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने पथरी नगरपालिका ३ मायालु चोक बस्ने बिर बहादुर राई र उर्लाबारी नगरपालिका ६ बस्ने रोशन ढकालको साथबाट लागुऔषध बरामद गरेको हो। उनीरहरुको साथबाट १/१ एम्पुल डाईजेपाम, फेनारगन एभिल र नागभिल बरामद भएकोले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको छ।

तपाईको प्रतिक्रिया