काठमाडौं, १४ फागुन । उपेनद्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रयास गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन ।त्यसका कारण सोमबारको मन्त्रिपरिषद् विस्तारमै यादवको पार्टी सरकारमा सहभागी हुने सम्भावना भने छैन । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

तर, उसले ओली नेतृत्वको सरकारमा सहभागी हुनका लागि लचिलो बन्दै सकारात्मक संकेत दिएको छ । फोरम नेता शिवजी यादवका अनुसार प्रधानमन्त्री तथा माओवादी अध्यक्षसँग फोरम अध्यक्षको अनौपचारिक छलफल भइरहेको छ । सरकारमा सहभागिताका लागि फोरमले चारबुँदे प्रस्ताव अगाडि सारेको थियो ।

‘हामीले माग राखेपछि उहाँहरूले कार्यदल बनाउने कुरा हुनुपर्थ्यो, भइसकेको छैन, सम्भवतः अब कार्यदल बन्छ होला’, यादवले अन्नपूर्णसँग भने, ‘पहिले कार्यदल बन्यो भने त्यसपछिको अवस्था हेरेर फोरम सरकारमा जान्छ ।’

तपाईको प्रतिक्रिया