madhabnepalमङ्सिर २५, काठमाडौं । ठूला माछा समाउने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा (एमाले) का नेताहरुलाई पत्र काटेपछि सो पार्टीभित्र खैउलाबैला मच्चिएको छ ।अख्तियारले एमालेमा माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, डा. वंशीधर मिश्र, डा. विजय पौडेललगायतलाई सात दिन भित्र उपस्थित हुन भन्दै पत्र काटेपछि आफ्नो पक्षलाई पेलेको भन्दै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीकै कारण यस्तो भएको हो भन्दै आक्रोश व्यक्त गरेका छन् ।

तत्कालीन कांग्रेस नेतृत्वको सरकारका ऊर्जा मन्त्री राधा ज्ञवाली र युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई पनि अख्तियारले रिसइवी साध्नका लागि नै कारबाही गरेको भन्दै एमालेको माधव नेपाल पक्ष आक्रोशित भएका थिए । पछिल्लो पटक आफ्ना गुटका मान्छेलाई जानी बुझिकन नै पत्र काटेको नेपाल पक्षको आशंका छ ।कमाउ धन्दा गर्नेमा सबैभन्दा बढी ओली पक्षका भए पनि आफ्ना पक्षलाई मात्रै खेदेको र भ्रष्टाचार भनेर डामेको भन्दै नेपाल पक्षले अख्तियारले जानी बुझिकन पत्र काटेर भ्रष्टाचारी करार गर्न खोजेको भन्दै ओलीकै कारण यस्तो भएको गुनासो गर्न थालेका छन् ।

अख्तियारले पत्र काटेका र विगतका कारबाहीको सिफारिश गरिएका व्यक्तिहरु भने सबै नेपाल गुटका नेता हुन् । उनीहरु विभिन्न समयमा लाभको पदमा बसेर कमाउ धन्दा चलाएका व्यक्ति हुन् ।पाण्डे दाजुभाइको कमाउ धन्दाको विषयमा त आम जनता जानकार नै छन् । उनीहरु कमाउने विषयमा को भन्दा को कम भनेर लाग्ने खालका व्यक्ति हुन् ।राजेन्द्र पाण्डेले मनमोहन अस्पतालको नाममा पछिल्लो दिनमा कमाउ धन्दा चलाएका छन् । यस्तै सुरेन्द्र पाण्डेको कावेलीलगायतका जलविद्युत् आयोजनामा स्रोत नखुलेको पैसा लगानी गरेका छन् ।

यस्तै मोदनाथ प्रश्रितका छोरा विजय पौडेलले पनि स्रोत र शक्तिको दुरुपयोग गरेर कमाउ धन्दा चलाएका छन् ।आफ्नो गुटका मान्छे मात्रैलाई अख्तियारले डामेको र त्यसलाई रोक्नेतर्फ प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले कुनै पहल नगरेको भन्दै नेपाल पक्षले कडा प्रतिवाद गर्ने तयारी गरेको छ ।

त्यसो त प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेलबीच दैनिक जसो नै अख्तियार प्रमुख लोकमान सिंह कार्कीसँग भेटवार्ता हुने गरेको छ ।अख्तियारका आयुक्त केशव बराल आगामी माघ ६ गतेबाट अवकाश लिंदैछन् । सो कोटामा पूर्व सचिव केशव भट्टराईलाई नियुक्त गराउन कार्कीले ओली र पौडेलको फेर समातेको बताइन्छ । -जनाआह्वान साप्ताहिक

 

तपाईको प्रतिक्रिया