१६ फागुन, धनुषा। प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले बुधवार मन्त्री परिषदको विस्तार गरेका छन् । दोस्रो पटक गरिएको मन्त्री परिषद विस्तारमा ४ मन्त्री र ३ जना राज्य मन्त्री परेका हुन । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबाट दुई–दुई जनाले एक समारोहका बीच मन्त्री पदको सपथ–ग्रहण गरेका छन् । यसैगरी राज्यमन्त्रीमा फोरमबाट ३ जनाले प्रदेश सभा सदस्यले सपथ–ग्रहण गरेका छन् ।

मन्त्रीपदको सपथ लिनेहरुमा ज्ञानेन्द्र यादव, शैलेन्द्र प्रसाद साह, नवलकिशोर साह र राम नरेश राय रहेको सञ्चारकर्मी आतिश मिश्राले जानकारी दिएका छन् । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले एक समारोहका बीच पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । सपथ–ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीद्वय विजय यादव र जितेन्द्र सोलनसहित विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसैगरी मुख्यमन्त्री राउतले बुधवारै राज्यमन्त्रीहरु सरोज कुमार सिंह, योगेन्द्र राय यादव र उषा यादवलाई सपथ ग्रहण गराएका छन् । फोरमबाट मन्त्रीमा सिफारिस भएका ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानून र शैलेन्द्र साहले भूमि सुधार कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन् । छन् । राजपाबाट सिफारिस भएका नवलकिशोर साह समाजिक विकास र राम नरेश रायले उद्योग, वन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् । राज्यमन्त्रीहरुमा सरोज सिंह आन्तरिक मामिला तथा कानून, उषा यादव अर्थ र योगेन्द्र राय यादव भूमि सुधार, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

तपाईको प्रतिक्रिया