Puspa-Kamal-Dahal-Prachandaमङ्सिर २५, काठमाडौँ । भूकम्पपीडितको कोटामा प्रचण्डका छोरी-नातिनी र नेताका नातेदार चीन भ्रमणमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपिडितको नाम एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी लगायत आफ्ना नातागोता र पार्टी कार्यकर्तालाई चीन भ्रमणमा पठाउँदै छन् ।सिचुवान प्रान्तको कुन्मिङ् र छेन्दुक सहरको ६ दिने भ्रमणमा मन्त्री बस्नेतकै छोरीद्वय संगम र बबिता बस्नेत समेत रहेका छन् ।

भूकम्पपीडित जिल्लाका १५ देखी ३० वर्षसम्मका युवाका लागि चीन सरकारले व्यवस्था गरेको अवलोकन भ्रमणमा पार्टी अध्यक्ष दाहालकी छोरी-नातिनी स्मिता प्रधान, दृष्टी के सी, सन्ध्या केसी र प्रतिमा पाठक छन्। यस्तै, पार्टी केन्द्रिय सदस्य अञ्जना विशंखेकी छोरी स्वस्तिका र स्वकिय सचिव एवम् जाजरकोट पार्टी कार्यकर्ता ललित बुढाकी पत्नी लक्ष्मी गिरी लगायत रहेका छन् । -कान्तिपुर दैनिक

 

तपाईको प्रतिक्रिया