राज्यका अन्य निकायको जस्तै प्रेसले न्यायलय वा न्यायधीसबारे पनि समाचार प्रकाशन, प्रसारण गर्न पाउने र यसो गर्दैमा अदालतको अवहेलना नहुने संविधान तथा काुननका ज्ञाताहरुले बताएका छन् । आफ्नो अयोग्यतासम्बन्धी प्रश्नहरु समाचारका रुपमा लागतार आउन थालेपछि परेको मुद्धामा सुनुवाई गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रेसमाथि नै सेन्सरसिप लागउन आदेश दिएको सन्दर्भमा उनीहरुको यस्तो धारणा आएको हो । पराजुलीको ईजालासले कान्तिपुर विरुद्धको मुद्धामा म्याद बुझेको ७२ घण्टाभित्र वयानका लागि आफैं उपस्थित हुन आदेश दिएकाले कान्तिपुर त्यसका लागि शुक्रबार अदालत जाँदैछ । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया