२० फागुन, राजविराज। तिलाठी कोइलाडी गाउँकार्यपालिका सदस्य रिता कुमारी साहले गाउँपालिकाको आर्थिक तथा नीतिगत विषयमा विभिन्न जानकारीहरु माग्दै आइतबार आफ्नै गाउँपालिकामा निवेदन दर्ता गराएकी छिन् ।

उनले सूचनाको हक सम्बन्धि ऐन २०६४ अनुसार दर्ता गराइएको निवेदनमा आर्थिक वर्ष २०७४-०७५ को हालसम्मको खर्च विवरण लगायतका जानकारीहरु माग गरेका हुन् । बाढी पश्चात बाढीले पु¥याएको क्षतिग्रस्त भौतिक संरचना निर्माण तथा राहत वितरणकालागि के–कस्ता कार्यक्रम गरिएको र के–कति बजेट विनियोजित भएको भनि विवरण सदस्य साहले माग गरेकी छिन् ।

गाउँपालिका तथा वडा कार्यालय व्यवस्थापनको नाममा गरिएको खर्चको विवरण, निर्णयको प्रतिलिपी, गाउँपालिकाको विभिन्न बैंकहरुमा रहेको खाता विवरण तथा बैंक स्टेटमेन्टको प्रतिलिपी लगायतका जानकारीहरु समेत निवेदनमार्फत माग गरिएको छ । मौखिक रुपमा प्रशासकीय अधिकृतसँग जानकारीहरुसँग माग्दैआएकोमा बेवास्ता गरेपछि आफुले बाध्य भएर निवेदन दर्ता गराएको उनले बताईन् ।

तपाईको प्रतिक्रिया