इनरुवा फागुन २१ /युवती अपहरण कार्यमा संलग्न रहेको आशंकामा सुनसरीबाट ५ जना पक्राउ परेका छन् । स्थानीय युवतीलाई जबरजस्ती मोटरसाइकलमा हालेर वेपत्ता पारेको उजुरी पश्चात खोजिका क्रममा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका २ बस्ने वर्ष २५ को नजिम साफी सहित सोही स्थानका वर्ष २९ को शमसाद अन्सारी, वर्ष ४५ को अकबर साफी, वर्ष २९ को आलम साफी र इटहरी उपमहानगरपालिका ९ बस्ने विशाल राई रहेका छन् ।

अपहरणकारीहरुले पीडित पक्ष समक्ष फिरौतीका लागि पटक पटक दबाब दिएको प्रहरी अनुसन्धानका क्रममा खुल्न आएको छ । सुनसरीको हरिनगर गाउँपालिकाका १ बाट वेपत्ता पारिएकी युवती फिरौतीको माग दावी गर्ने समूहका ५ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको जनाएको छ ।

स्थानीय १८ वर्षिय युवतीलाई सोही स्थानका जाकिर साफी र हजरत साफीले जबरजस्ती मोटरसाइकलमा हालेर वेपत्ता पारेको भनि परिवारले प्रहरीमा उजुरी गरेको थियो । घटनाबारे जानकारी पश्चात केटी पक्षले वेपत्ता पार्ने समूहका आफन्तलाई फिर्ताकालागि आग्रह गरेपनि युवती वेपत्ता पार्ने कार्यमा संलग्न भनिएका हजरतका दाजु आलम साफीले उल्टै फिरौतीका लागि नगद ५ लाख दाबी गरेपछि घटना बाहिरिन पुगेको थियो ।

पटक पटक पीडित परिवार समक्ष अपहरणकारी समूहले रकमको मोलमोलाई गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ । केटी पक्षलाई रकमका लागि ताकेता गर्दै तत्काल २५ हजार बुझाउन भनेपछि केटी पक्षले इटहरी ९ का विशाल राईको नाममा क्ष्ःभ् गरेको पाइएको प्रहरी अनुसन्धानको क्रममा फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताउनुभयो । रकम बुझाएपनि युवती फिर्ता नभएपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी गरेसँगै अनुसन्धान थालेको प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

पक्राउ परेकाहरु उपर अपहरण तथा शरिर बन्धक मुद्धा दर्ता गरि थरी म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ । म्याद थप पश्चात थप अनुसन्धान अघि बढाइएको चिमोरियाले बताउनुभयो । प्रहरीले अपहरणकारी पक्राउ गरेपनि वेपत्ता युवतीको अवस्था भने यकिन हुन नसकेको जनाएको छ । अनुसन्धान भैरहेको बताउने सुनसरी प्रहरीले पक्राउ परेकाहरुबाट घटना क्रम सहितको वास्तविकता बुझ्ने काम भैरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया