इनरुवा फागुन २४/१०८ औं अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर सुनसरीमा समेत विविध कार्यक्रमको आयोजना गरिएको छ ।
दिवसका अवसरमा जिल्लाका सबै १२ वटै स्थानीय तहहरुमा भिन्नाभिन्नै कार्यक्रम आयोजना भएका छन् ।जिल्लास्तरमा भने सदरमुकाम इनरुवामा मूल आयोजक समितिले र्याली निकालेर नगर परिक्रमा गरी सभा र विभिन्न प्रतियोगिताको आयोजना गरेको छ ।


भगतवी मावि इनरुवाबाट निस्केको र्याली शारदा उच्च मावि बलाहा पुगेर सभामा परिणत भएको थियो ।सभामा प्रदेश नम्वर एककी उपसभामूख सरस्वती पोखरेल, इनरुवा नगरपालिकाका उपप्रमुख जमुना गौतम पोखरेल, प्रजिअ गोपालप्रसाद पराजुली सहित महिला तथा बालबालिका कार्यालयकी अधिृकत शुशिला कार्की लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले महिला हक अधिकारका बारेमा धारणा राखेका थिए ।यसैगरी दिवसको अवसरमा महिला शशक्तिकरणकालागि स्थानीय सरकारको भूमिका विषयक बकतृत्वकला प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रका महिलाहरुले सहभागिता जनाएका छन् । वकतृत्वकला तथा खेदकुद प्रतियोगिताका बिजयीहरुलाई कार्यक्रमकमा पुरस्कार समते वितरण गरिएको खेमराज पोखरेलले जानकारी दिनुभयो ।


यस वर्षको अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको नारा आर्थिक शशक्तिकरणको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जीवन स्तरको रुपान्तर भन्ने रहेको छ ।जिल्लास्तरमा आयोजित कार्याक्रमको संयोजन नवयुग सामूदायिक सिकाई केन्द्र बलालाले गरेको थियो भने आयोजकका रुपमा सरोकारवा कार्यालयहरुलाई मूल समारोह समितिमा राखिएको थियो ।यसैबिच अनेम संघ इनरुवाले दिवसको अवसरमा इनरुवा अस्पतालका ८० जना विरामी तथा जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरिएको नगर अध्यक्ष इन्दिरा पराजुलीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया